नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन बनेका छन् । १ जना प्रहरी नायव निरीक्षकसहित सम्पर्कविहीन २८ कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले ७ दिने सूचना निकालेको हो ।
७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस