Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाट, परराष्ट्रमन्त्री साउदले गरे शुभारम्भ

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १४ : १३ मा प्रकाशित

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाट, परराष्ट्रमन्त्री साउदले गरे शुभारम्भ

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज (आइतबार) आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

उक्त सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ ।  

अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए ।

सो अवसरमा मन्त्री साउदले उक्त सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी समेत दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको