Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरीमा ३२० जनालाई जागिर खुल्यो, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, १० : ०६ मा प्रकाशित

नेपाल प्रहरीमा ३२० जनालाई जागिर खुल्यो, कहाँबाट दिने आवेदन ?

नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ ३० गते देखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्।  प्रहरी निरीक्षकले अनलाइन मार्फत दरखास्त पेश गर्दा दरखास्त दस्तुर बापत १ हजार २०० रुपैयाँ बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उममेदवारको हकमा प्रत्येक समूहका लागी २० प्रतिशत २४० रुपैयाँका दरले थप दस्तुर बुझाउनु पर्ने छ ।

प्रहरी सहायक निरीक्षकले अनलाइन मार्फत दरखास्त पेश गर्दा दरखास्त दस्तुर बापत ५०० रुपैयाँ बुझाउनुपर्ने छ । प्रहरी सहायक निरीक्षकको आवेदन दिनेले एकभन्दा बढी समूहमा दरखास्त दिने उममेदवारको हकमा प्रत्येक समूहका लागी २० प्रतिशत १०० रुपैयाँका दरले थप दस्तुर बुझाउनु पर्ने छ ।

 

66e3beacdf397.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको