Like us!
Follow us!
Connect us!
Watch us!

मकवानपुरमा एकजनामाथि कुटपिट गर्दै कान टोकियो, प्रहरीले जाहेरी लिन मानेन

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १३ : ५९ मा प्रकाशित

मकवानपुरमा एकजनामाथि कुटपिट गर्दै कान टोकियो, प्रहरीले जाहेरी लिन मानेन

मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एकजनामाथि निर्घात कुटपिट भएको छ । सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै र्छन पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगिता लोहनी न्यौपानेले जानकारी दिएकी छिन् । संगिताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगणा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबारनै दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको