Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको निर्णय- मिटरव्याजलाई अपराध घोषणागरी कारबाही गर्ने कानुन बनाइने

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १७ : ०२ मा प्रकाशित

सरकारको निर्णय- मिटरव्याजलाई अपराध घोषणागरी कारबाही गर्ने कानुन बनाइने

सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय भएको जनाइएको छ । 

मन्त्रिपरिषद स्रोतकाअनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ । दिनहुँ जसो उनीहरु मर्कामा परेको भन्दै प्रदर्शन गरिहरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको