Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, ०७ : ३८ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ७० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। 

कम्पनीको ५ औँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको सोःघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको