Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको साधारण सभाबाट १३ प्रतिशत लाभांश पारित

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १३ : ४८ मा प्रकाशित

कृषि विकास बैंकको साधारण सभाबाट १३ प्रतिशत लाभांश पारित

कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा हिजो (मंगलबार) सम्पन्न भएको छ । बैंकको वार्षिक साधरणसभाबाट १३ प्रतिशत लाभांश पारित भएको हो । 

मंगलबार बसेको साधारणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा उपस्थिति सेयरधनीले उठाएको प्रश्नहरुको अध्यक्ष रामशरण पुडासैनीले जवाफ दिए ।

सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यान्वयन गर्दै जाने उनले प्रतिवद्धता जनाए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सेयरधनीबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

साथै कृषि विकास बैंकको संचालक समितिमा सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ जना संचालक सदस्यमा गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल र विनोद कुमार गुरागाईं आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको