Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकद्वारा सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १२ : २२ मा प्रकाशित

कृषि विकास बैंकद्वारा सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा

कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत चैत १४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

२०७९ फागुन २९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ । उक्त मितिपश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयर जम्मा हुने बैंकले जनाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको