राष्ट्रियसभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने अहिलेको अवस्यकता रहेको बताएकी छिन् ।
आज (बिहीबार)को राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्य पन्तले देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएकी हुन् ।
नयाँ पार्टीबाहेकका पार्टीहरू सबैले सत्ता सञ्चालन गरेको भन्दै उनले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नु नहुने स्पष्ट पारिन्। उनले सहकारीका कारण जनताहरू मरिराहेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने औल्याइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस