राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं पूर्व राज्यमन्त्री दिपक बहादुर सिंहले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले देशैभरी ठुलापार्टी हरुले विभिन्न अभियान चलाईरहँदा मिसन महाकाली अभियान नचलाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले’ मिसन माउन्ट एभ्रेष्ट,मिसन ग्रासरुट लगायतका अभियान चलाईरहँदा मिसन महाकाली अभियान किन चलाउन नसकेको ‘भन्दै प्रश्न गरेका छन् ।
सांसद सिंहले आक्रोशित हुँदै कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा बोल्न डराएको आरोप लगाएका छन उनले भने ‘सरकारले सत्ता गुम्ने डरले कालापानीको विषय गुपचुप राख्यो ‘।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस