Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सांसद सिंहको माग

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १५ : २४ मा प्रकाशित

बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सांसद सिंहको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन माग गरेका छन् । आज (बुधबार) बसेको संसद बैठकमा बोल्दै सांसद सिंहले उद्योग व्यवसायलाई बचाउन पनि ब्याजदर तत्काल सिंगल डिजिटमा ल्याउन माग गरेका हुन् । हाल वाणिज्य बैंकहरुले लगाएको ब्याजदर घटाउनुपर्नेमा उनको जोड थियो ।

उनले भने, ‘यो थलथलमा परेको उद्योगलाई बाँच्ने आधार दिनुपर्छ । त्यसका लागि बैंकहरुको ब्याजदर सिंगल डिजिटमा ल्याउन आवश्यक छ । भारतले आफ्ना उद्योगी व्यसायीलाई ७–८ प्रतिशतमै ऋण दिने गरेको छ । तर, नेपालमा भने १३ देखि १४ प्रतिशत ब्याज तिर्ने गरेका छन् । यो हामीले धान्न सक्दैनौं ।’ उनले थपे,– ‘प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर ज्यूलाई भन्न चाहान्छु चाँडो भन्दा चाँडो ब्याजदर सिंगल डिजिटमा ल्याउन माग गर्दछु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको