तनहुँ १ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई खटाएको छ। कांग्रेसले महामन्त्री गगन थापालाई खटाएसँगै उनी स्वर्णिमलाई हराउने गृहकार्यमा जुटेका छन् ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थशास्त्री डा. स्वर्णिम वाग्ले उम्मेद्वार रहेको छन् भने कांग्रेसबाट पूर्व नेविसंघ सभापतिसमेत रहेका डा. गोबिन्दराज भट्टराई प्रतिस्पर्धी रहेका छन्।
कांग्रेसका भट्टराईलाई जिताउन महामन्त्री थापा तनहुँ जाँदै छन्। सो क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई कांग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। भर्खरै कांग्रेस परित्याग गरेका वाग्लले कांग्रेसलाई देखाउन भएपनि चुनाव जित्नै पर्ने दवाबमा छन्।
उपनिर्वाचनका लागि सोमबार उम्मेद्वारी मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यसूची रहेको छ। गत प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ कांग्रेसले जितेको थियो। सो क्षेत्रमा कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस