अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अन्यौलतालाई लिएर निकै चिन्तित देखिएका छन् । उनी विहानै देखि आर्थिक संकटलाई समाधान गर्न छलफल गरिरहेका छन् । उनले आज सोमबार बैंकर्ससँग छलफल गरेका छन् । उनले उच्च ब्याजदरले समस्यामा रहेका व्यवसायीको नैराश्यता अन्त्य गर्दै मनोबल कसरी बढाउन सकिन्छ भन्ने विषयमा नेपाल बैंकर्स संघका पदाधिकारीसँग छलफल गरेका हुन् ।
उदासिन अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग समन्वयन गरेर अगाडि बढ्न आफू तयार रहेको अर्थमन्त्री महतले बैंकरहरुलाई स्पष्ट पारे । अर्थमन्त्री महतले ब्याजदर तथा तथा नगद प्रवाहका कारण समस्यामा रहेका व्यवसायीको गुनासो सुनुवाइ गर्न समेत गरेको बुझिएको छ ।
सो अवसरमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराए । साथै, यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाभैm पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।
संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।
नव नियूक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतज्यूले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस