Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा उद्योगमन्त्रीले भने– अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १७ : २६ मा प्रकाशित

उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा उद्योगमन्त्रीले भने– अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अर्थतन्त्रमा आएको जटिल्तालाई समाधान गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहेको बताएका छन् । आज (सोमबार) नेपाल उद्योग परिसंघसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

परिसंघले उद्योगमन्त्री समक्ष उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न मागसहित आग्रह समेत गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई बधाई तथा शुभकामना दिंदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।

उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेको विषयमा परिसंघले जोड दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको