Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १३ : ०४ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले करिव १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको चार जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक सेयरधनी डोलेन्द्र पौडेलको नाममा रहेको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको नाममा रहेको २३ हजार ९९२ कित्ता, कृष्ण बहादुर वि।केको ८ हजार ५०३ र लेखनाथ खनियाको नाममा रहेको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संंलग्न गरि कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ४ ललितपुरमा पेश गर्नुपर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको