Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको मुद्दा हेर्नबाट किन पछि हटे न्यायाधीश सिन्हा?

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १६ : १४ मा प्रकाशित

रवि लामिछानेको मुद्दा हेर्नबाट किन पछि हटे न्यायाधीश सिन्हा?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध गत आइतबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमा न्यायाधिश अनिलकुमार सिन्हा पछि हटेका छन्।

न्यायाधीश सिन्हाले लामिछानेविरुद्धको यस अगाडि मुद्दामा पनि संवैधानिक इजलासमा मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै उनी पछाडि हटेका हुन्।

सुनुवाई सुरु हुँदै गर्दा सो मुद्दामा न्यायाधिश सिन्हाले हेर्न नमिल्ने बताएपछि मुद्धाको सुनुवाइ रोकिएको छ। लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले आइतबार राहदानी विषयको छानविन हुनुपर्ने भन्दै रिट दायर गरेका थिए।

महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयगरेपछि पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको