_20230405155250.jpg) 
                            नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिकरुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ। वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले अरण्य होटल, हात्तिसारमा आयोजित घोषणासभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गरेको हो।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे। अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए। यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे।
_20230405155304.jpg)
_20230405155312.jpg)
_20230405155324.jpg)
_20230405155332.jpg)
_20230405155346.jpg)
_20230405155354.jpg)
_20230405155401.jpg)
_20230405155409.jpg)
_20230405155418.jpg)
_20230405155426.jpg)
_20230405155436.jpg)
_20230405155442.jpg)
_20230405155451.jpg)
_20230405155459.jpg)
_20230405155508.jpg)
_20230405155535.jpg)
_20230405155546.jpg)
_20230405155555.jpg)
_20230405155602.jpg)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस