Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सक्दैन्ः अञ्जन श्रेष्ठ

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १० : ३२ मा प्रकाशित

रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सक्दैन्ः अञ्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले बुधबार काठमाडौंमा आफ्नो समूहको औपचारिक घोषणा गर्दै वाचापत्र सार्वजनिक गरे । स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै औद्योगिक विकासको लागि पहल गर्ने उनको भनाइ छ ।

अर्थतन्त्रमा चुनौतीको कारण तरलताको समस्या रहेको बताउँदै उनले रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताए । उनले तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका आवश्यक पहल गर्न प्रतिवद्धता जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको