Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन निर्वाचित, उमेशलालको साथ

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, १६ : ५१ मा प्रकाशित

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन निर्वाचित, उमेशलालको साथ

 नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उमेशलालले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरी साथ दिएपछि उनी स्वतः वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षका लागि राचन्द्र संघई, उमेशलाल र अञ्जनले प्रतिपर्धा गरेका थिए । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । 

हिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको