Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दै

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ११ : १६ मा प्रकाशित

वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दै

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न विशेष अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् ।

महासंघको अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य,वस्तुगत उपाध्यक्ष हेमराज ढकाल,एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायतले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको