Like us!
Follow us!
Connect us!
Watch us!

नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै मन्त्री महतले भने- मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाऔँ

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १५ : ५७ मा प्रकाशित

नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै मन्त्री महतले भने- मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाऔँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। आज सोमबार नवनिर्वाचित पदाधिकारीसँगको आयोजित भेटघाट कार्यक्रममा मन्त्री डा. महतले सफल कार्यकालको शुभकामना दिएसँगै मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउन समेत पहल गरेका हुन् । 

अर्थमन्त्रीले आयोजित भेटघाटको क्रममा नवनिर्वाचत पदाधिकारीहरुसँग अर्थतन्त्रको विषयमा छलफल गरेका छन् । अहिलेको अवस्थामा अर्थतन्त्रमा केही अप्ठ्यारा र व्यवधान रहेको र यसलाई परास्त गर्न सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिएका छन्।

उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो। सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ।’

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ। म स्विकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ। देशको इफिसेन्सी बढाउने चुनौति छ’, डा‍। महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौँ, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन।’

उक्त विषयहरुमा राष्ट्र बैंकको नेतृत्वसँग विविद रुपमा छलफल गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ। उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको