Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जीको आईपीओ बिक्रि खुला, कसले दिने आवेदन ?

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, ०६ : १२ मा प्रकाशित

रावा इनर्जीको आईपीओ बिक्रि खुला, कसले दिने आवेदन ?

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आज चैत २३ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी रू २८ करोडको १० प्रतिशतले हुने रू २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ । त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले अर्थात् रू ५६ लाख बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि विक्री बन्द छिटोमा आगामी वैशाख ७ गते हुनेछ भने ढिलोमा वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख ७ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सि– आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको