Like us!
Follow us!
Connect us!
Watch us!

एलोन मस्कलाई पछिपार्दै बेरर्नाड अर्नल्ट बने विश्वका सबैभन्दा धनी व्यक्ति

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १३ : ५७ मा प्रकाशित

एलोन मस्कलाई पछिपार्दै बेरर्नाड अर्नल्ट बने विश्वका सबैभन्दा धनी व्यक्ति

बेरनार्ड अर्नल्ट विश्वको सबैभन्दा बढी धनाढ्य सूचीको पहिलो नम्बरमा उक्लिएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । अर्नल्ट फ्रेन्च व्यवसायी हुन् । उनी र उनको परिवारले फेसनसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेको छ । लुइस भीट्टोन र सेफोराजस्ता विश्व चर्चित ब्रान्ड समेत अर्नल्ट मातहतका कम्पनीले सञ्चालन गर्छन् । 

एलन मस्कलाई पछि पार्दै अर्नल्ट नम्बर एक धनाढ्य बनेका हुन् । फोर्ब्सका अनुसार अर्नल्टको कूल सम्पत्ति २२१ बिलियन अमेरिकी डलर छ । दोस्रो स्थानमा रहेका विद्युतीय सवारी तथा ट्वीटरका मालिक एलोनमस्कको कूल सम्पत्ति १८० अर्ब अमेरिकी डलर छ ।  

धनाढ्यहरूको सूचीको तेस्रो नम्बरमा अमेजनका मालिक जेफ बेजोस, चौथो नम्बरमा ल्यारी इलिसन, पाँचौ नम्बरमा सेयर लगानीकर्ता वारेन बफेट र छैटौं नम्बरमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन् । यस्तै, सातौँ नम्बरमा ब्लुमवर्गका मालिक माइकेल ब्लुमवर्ग छन् ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको