Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, ०७ : ५० मा प्रकाशित

लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत्र २३ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा बैशाख १८ गते, होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको