प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्न विशेष साधारण सभा डाकेको छ । प्रभु क्यापिटलले नयाँ २०८० वैशाख ९ गते विशेष साधारण सभा डाकेको हो ।
काठमाडौंको कमलादीस्थित् रोयल सिंगी होटेलमा सो दिन बिहान ९ बजेबाट साधारण सभा शुरु हुने कम्पनीले जानकारी गराएको छ । साधारण सभाले सेञ्चुरी क्यापिटललाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यस्तै प्राप्ति प्रयोजनका लागि तय गरेको १ः१ सेयर स्वाप रेसियो पनि सभाले पारित गर्नेछ ।
साथै, सेञ्चुरी क्यापिटल प्राप्तिपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले स्वीकृत गर्नेछ । सोही साधारण सभाले प्रभु क्यापिटलले प्राथमिक सेयर निष्कासन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस