Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधार्न आवश्यक परे सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

अर्थ संसार

बुधबार, २० पुस २०७९, ०७ : ५८ मा प्रकाशित

अर्थतन्त्र सुधार्न आवश्यक परे सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताएका छन्।

नेपाल उद्योग परिसंघको पदाधिकारीले मंगलबार गरेको भेटवार्तामा उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

'जहाँ समस्या छन्, समाधान गर्ने। जहाँ कमजोरी छन् त्यसलाई सच्याउने। जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,' उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्त्वपूर्ण रहेको बताए।

सो क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे। पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनको भनाइ छ।

पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको जनाउँदै अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानीका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको