राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलमा भ्रष्टाचारीलाई संरक्षण गर्ने चलन नरहेको स्पष्ट पारेका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कोही भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएमा जनताको माझमा कठालो समातेर जेलमा पठाउने ल्याकत रास्वापामा रहेको उनले बताएका हुन् ।
उनले भने,‘हामीले विधि बनाएका छौं । अरु दलमा जस्तो भ्रटाचारीलाई बचाउने र पूजा गर्ने चलन हाम्रो दलमा छैन । कोही भ्रष्टाचारमा लागेको रहेछ भने जनताको माझमा कठालो समातेर खोरमा पठाउने ल्याकत हाम्रो पार्टीले राखेको छ ।’
चुनावको मुखलाई पारेर यस्ता काण्डहरु आउनुका पछाडि कारणहरु रहेको उनले बताए । अदालत र निर्वाचन आयोगबाट पनि नसकेपछि नयाँ काण्ड ल्याएको उनले बताए । अरु केही काण्ड भए चुनावको अघिल्लो दिनसम्म ल्याएउन पनि उनले आग्रह गरे ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस