Like us!
Follow us!
Connect us!
Watch us!

प्लाष्टिक लिएर सुनको सिक्का दिने वातावरण संरक्षणको अनौठो प्रयास

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १३ : २३ मा प्रकाशित

प्लाष्टिक लिएर सुनको सिक्का दिने वातावरण संरक्षणको अनौठो प्रयास

दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् । 

‘प्लास्टिक  दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल ९दुई हजार किलो० प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन् ।

अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लाष्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गरेका हुन्  

प्लाष्टिक प्रदुषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ । सुनको सिक्का दिने योजना सार्वजनिक गर्नुअघि गनाईले जिल्लाका उप आयुक्त डा बशारत कयुमसँग यससम्बन्धमा  विचारविमर्श गरेका थिए । उनले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमका बीच गत जनवरी ७ देखि ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिक रूपमा सुरु भएको हो ।

अभियान सुरु भएदेखि नै गनाईले यस क्षेत्रलाई सामूहिक र व्यक्तिगत रूपमा सरसफाइमा युवा क्लब, स्थानीय निकायका  सदस्य, ज्येष्ठ नागरिक, सिँचाइ विभागका कर्मचारीलगायत कम्तीमा ३० स्वयंसेवकहरू संलग्न गराएका छन् । अभियानले सडक सफाइमा मात्र नभई त्यस क्षेत्रका खोलानालाको सफाइमा पनि केन्द्रित गरेको छ । फोहर प्लाष्टिक  सङ्कलन गर्न सङ्कलन स्थलहरू स्थापना गरेर त्यसलाई पुनः प्रयोग गर्ने प्रयास भइरहेको छ ।

अधिवक्ता गनाईको प्रयासलाई वातावरणविद्हरूले व्यापक रूपमा प्रशंसा गरेका छन् । उनीहरूले प्लाष्टिकजन्य फोहोर सङ्कलन गर्न पुरस्कार प्रणाली सिर्जना गर्दा प्रदूषण कम गर्न प्रभावकारी हुने बताएका छन् । अभियानले लोकप्रियता पाएको छ, सबैले त्यसको प्रशंसा गरेका छन्भने  अन्य पञ्चायतहरूले पनि त्यसलाई अपनाएका छन् । 

सदिवारा क्षेत्रका स्थानीयहरू पनि स्वेच्छिक रूपमा अभियानमा संलग्न भएका छन् । यहाँ अझ रोचक पक्ष के छ भने वातावरण मैत्री समाज निर्माणको पहलमा लागेका गनाईले फोहोर व्यवस्थापनका लागि नवीन विचार प्रस्तुत गर्दै आएका उनले प्रयोग गरिएको ‘डाइपर’लाई कृषि क्षेत्रमा प्रयोग गरेर देखाएका छन् । 

 सदिवारा क्षेत्रका सडक, गल्ली, खोला प्लाष्टिकमुक्त भएकाले अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ । गनाईको प्रयासले स्थानीय जनतामा प्लाष्टिकका हानिकारक असरहरूबारे चेतना जगाएको छ । उनले यो अभियानलाई भारतका सम्पूर्ण भूभाग समेट्न कश्मीरदेखि कन्याकुमारीसम्म पु¥याउने योजना बनाएका छन् । सबै गाउँका लागि उदाहरण बनेको उनको अभियानलाई केन्द्र सरकारले पनि अघि बढाउने योजना बनाएको बताइएको छ ।-एएनआई/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको