Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घट्ने निर्णयसँगै बढ्यो नेप्से, ट्रर्नओभरमा शिवम सिमेन्टको कारोबार अब्बल

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १५ : ०६ मा प्रकाशित

ब्याजदर घट्ने निर्णयसँगै बढ्यो नेप्से, ट्रर्नओभरमा शिवम सिमेन्टको कारोबार अब्बल

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ । अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको एनबीएकोले जनाएको हो। उक्त निर्णय सँगै आाज नेप्सेमा हरियाली छाएको छ ।

आज नेपाल स्टक एक्सजेन्ज (नेप्से) ९२.२२ अंकले बढेको छ । आज नेप्से ९२.२२ अंकले बढेर १ हजार ९ सय ६३ दशमलब ५५ को विन्दुमा कायम हुन पुगेको हो।

हिजा नेप्से २७.३१ अंकले बढेको थियो । हिजो नेप्से २७.३१ अंकले बढेर १ हजार ८ सय ७१ दशमलब ३३ को विन्दुमा कायम हुन पुगेको थियो।

आज नेप्सेमा १ अर्ब ९७ कारेड ६० लाख ७६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २१८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । नेप्से बढेसँगै आज शिवम सिमेन्टको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको