आशा लघुवित्त वित्तीय संस्था र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाबिच मर्जर हुने भएको छ । चैत २९ गते साँझ दुई लघुवित्तबीच मर्जर हुने सम्बन्धमा प्रारम्भिक समझदारी भएको हो ।
आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालका अनुसार दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्ति सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्तले देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिंदै आएको छ ।
यस्तै, राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ । यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन् । राष्ट्रउत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ भने आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस