Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १० : ४९ मा प्रकाशित

एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड

एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । एनएमबी बैंकले बिक्री गरेको १०.७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/२०९०’ नामको ऋणपत्र बिक्री गरेको थियो ।

छोटो अवधिभित्रै बिक्री भएको उक्त ऋणपत्र कम्पनीले गत चैत ३० गते बाँडफाँड गरेको हो । प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू। २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिसकिएको थियो । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँड गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको