Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदको बैठक बोलाउने सहमतिसँगै बालकोट बैठक सम्पन्न

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १२ : २४ मा प्रकाशित

प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदको बैठक बोलाउने सहमतिसँगै बालकोट बैठक सम्पन्न

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको मुख्य तीन दलका नेताहरुको बैठक सम्पन्न भएको छ। आज सोमबार विहान ओली निवास बालकोटमा बसेको बैठक तुरुन्तै सम्पन्न भएको हो । 

उक्त बैठकमा प्रधानन्यायाधीशको नियुक्त प्रक्रिया थाल्नेबारे छलफल भएको बुझिएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को बैठक बोलाउन तीन दलका नेताहरु सहमत भएको जानकारी दिएका छन् ।

उनले बताएअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहकको भरमा चलेको छ। लामो समयदेखि नेतृत्व कार्यवाहक रहेकोले, यो स्थिति रहनुहुँदैन भन्ने कुरा उठिराखेको छ । प्रधानमन्त्रीले यो कुरामा विशेष पहल गर्नुभयो । प्रधानमन्त्रीले प्रधाननयायधाीशको स्थायी नियुक्तको लागि पहल गर्नुभयो । प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक डाक्ने र प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्ताव राख्नुभयो । विपक्षी दलका नेता ओलीले हुन्छ भन्नुभएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको