अर्थमन्त्री डा.प्रकाशशरण महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । हिजो (सोमबार) अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतको प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसँग भेटवार्ता गरेको हो ।
भेटमा नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताका बारेमा छलफल भएको थियो । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाको बारेमा चासो राखेकी थिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस