Like us!
Follow us!
Connect us!
Watch us!

सेवाग्राहीलाई राष्ट्र बैंकको सुझाव– सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिनुस्

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १४ : ५३ मा प्रकाशित

सेवाग्राहीलाई राष्ट्र बैंकको सुझाव– सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिनुस्

नेपाल राष्ट्र बैंकले सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिन सेवाग्राहीलाई सुझाएको छ। केन्द्रिय बैंकले वित्तीय चेतनाका लागि आज (मंलगलबार) एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो।

केन्द्रिय बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सेवाबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवामात्रै लिनुपर्छ । कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा लिनुहुँदैन।’

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवं स्पष्ट भाषामा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको