Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १० : ३५ मा प्रकाशित

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेलको पेटमा समस्या बढेपछि उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लगिएको छ । उनलाई बुधवार विहान नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) लगिएको हो ।

पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले उपचारका लागि एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको जानकारी दिए । राष्ट्रपतिको साथमा चिकित्सक टोली पनि गएको छ ।

राष्ट्रपतिको नेपालमा उपचारका क्रममा पेटमा संक्रमण भेटिएको थियो । उनलाई एन्डिबायटिक चलाइएको उपचारमा संलग्न चिकित्सकले बताए । छातिमा पानी जमेको निकालिएको तर समस्या बल्झिएपछि नयाँ दिल्ली लगिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको