Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीमा मन्त्रालयको सङ्ख्या पुनः आठ बनाइयो

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १५ : ३४ मा प्रकाशित

कर्णालीमा मन्त्रालयको सङ्ख्या पुनः आठ बनाइयो

कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको छ । कर्णालीमा मन्त्रालयको सङ्ख्या अब आठ कायम गरिएको हो । हिजो (मङ्गलबार) साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरी आठ पर्याइएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिएका हुन् । 

यस सन्दर्भमा केन्द्रित रही जिसीले भने, ‘भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएको छ । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो ।’

सो निर्णयअनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन् भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् । उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । 

गत पुस २७ मा एमाले र माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको