आज बिहिबार नेप्से परिसूचक १५.७३ अंकले घटेको छ । आज नेप्से १५.७३ घटेर १ हजार ९ सय ०४ दशमलब ४० को विन्दुमा कायम भएको हो ।
हिजो बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेको थियो । हिजो नेप्से १५.१३ बढेर १ हजार ९ सय २० दशमलब १२ को विन्दुमा कायम भएको थियो।
आज नेप्से घटेपनि कारोबार रकममा केहि सुधार देखिएको छ। आज नेप्सेमा ९८ करोड ३३ लाख ६७ हजार बराबरको कारोबार भएको हो । आज ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्से घटेपनि एनआइसी एसिया बैंकको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस