Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको तेस्रो त्रैमासः एनपीएल बढ्यो, ईपीएस घट्यो

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १५ : ५१ मा प्रकाशित

प्रभु बैंकको तेस्रो त्रैमासः एनपीएल बढ्यो, ईपीएस घट्यो

प्रभु बैंकले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सर्वाजनिक गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ अर्ब ९५ करोड रुपैयाँमा सीमित बनेको हो।

बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो।

बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ८९.९९ प्रतिशतले बढेर १० अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ४० करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म एनपीएल १.२१ प्रतिशतमा सीमित रहेको थियो। समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको