आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।
आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उनले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिएका हुन् । हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले दस हजार दुई सय ५९ प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।
आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा (एमाले)का खनालले ५४ मत प्राप्त गरे ।
आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा (एमाले)का खनालले एक सय आठ मत प्राप्त गरे ।
आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली कांग्रेसका भट्टराईले चार सय एक र नेकपा ९एमाले०का खनालले एक सय ९१ मत प्राप्त गरे। आँबुखैरेनी–४ मा छ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली कांग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा ९एमाले०का खनालले ८५ मत प्राप्त गरे । आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली कांग्रेसका भट्टराईले एक सय ४९ र नेकपा ९एमाले०का खनालले २८ मत प्राप्त गरे । आँबुखैरेनी–६ मा सात सय चार मत खसेकामा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली कांग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा ९एमाले०का खनालले एक सय ३० मत प्राप्त गरे।
भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा (एमाले)का खनालले तीन सय ५१ मत प्राप्त गरे । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा ९एमाले०का खनालले तीन सय ९४ मत प्राप्त गरे । भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा ९एमाले०का खनालले दुई सय ३७ मत प्राप्त गरे।
भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा ९एमाले०का खनालले दुई सय ७० मत प्राप्त गरे । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र नेकपा (एमाले)का खनालले चार सय ३७ मत प्राप्त गरे ।
भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा ९एमाले०का खनालले तीन सय २९ मत प्राप्त गरे । भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा (एमाले)का खनालले एक सय ८३ मत प्राप्त गरे ।
तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस