Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ १ मा स्वर्णिमले १७ हजार मत पाउँदा, भट्टराईले पाए १० हजार

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १६ : ५५ मा प्रकाशित

तनहुँ १ मा स्वर्णिमले १७ हजार मत पाउँदा, भट्टराईले पाए १० हजार

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

झण्डै ३३ हजार मत गणना हुँदा वाग्ले १७ हजार ९ सय २ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् भने उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई १० हजार मत कटाएका छन् । उनले १० हजार २ सय २८ मतका साथ उनलाई पछ्याईरहेका छन् ।

वाग्ले र भट्टराईबीचको मतान्तर ७ हजार ६७४ पुगेको छ । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको