Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है भर्न माई खोला हाइड्रोपावरको आईपीओ, आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ०६ : ३७ मा प्रकाशित

छुट्ला है भर्न माई खोला हाइड्रोपावरको आईपीओ, आज अन्तिम दिन

वैशाख ८ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको माई खोला हाइड्रोपावर लिमिटेडमा सर्वसाधारणले आवेदन दिन आज (वैशाख १२ )अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो। 

कति दिने आवेदन ?

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ५०  हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्नेछन र उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा वैशाख २४ गतेसम्म लम्बिनेछ। 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

एक कम्पनीको परियोजना ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजना रहेको छ। निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.०१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.७४ वर्ष रहेको छ।  कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको