Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको मुनाफामा पहिरो, प्रतिसेयर अम्दनी कति?

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ११ : १३ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको मुनाफामा पहिरो, प्रतिसेयर अम्दनी कति?

सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सको सो नाफा गत आर्थिक वर्ष (आव)को तुलनामा ४२.४० प्रतिशतले कम हो ।

गत आवको यसै अवधिसम्म संस्थाले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी वृद्धि भएपनि कम्पनीको सञ्चालन नाफा घटेको छ, जसकारण खुद नाफा घट्न पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने १५.१० प्रतिशतले वृद्धि भई १९ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आवको चैत मसान्तसम्ममा भने कम्पनीको यस्तो आम्दानी १६ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।कम्पनीको सञ्चालन नाफामा भने २ करोड ४८ लाख रुपैयाँले घटेर ३ करोड ३९ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा पनि १ करोड ३८ लाख ४९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २२ करोड ९ लाख रुपैयाँ राखेको छ । कम्पनीले ६ अर्ब ४० करोड १८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब ९२ करोड ४९ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि वृद्धि १.६४ प्रतिशतले बढेर ४.६० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ४ रुपैयाँ ६० पैसाले घटेर ३ रुपैयाँ ३५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात ९५ रुपैयाँ २२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको