Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको करिब ३ लाख  कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १३ : ०३ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको करिब ३ लाख  कित्ता संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

फाइनान्सले संस्थापक सेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

कम्पनीले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको जनाएको छ ।

इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुर वा संस्थाको सेयर रजिस्ट्रार एनएमबि क्यापिट मर्चेन्ट मार्केट्स काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको