नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको सेन्ट्रल फाइनान्सको कम्पनीको वित्तीय अवस्था कमजोर रहेको छ । कम्पनीको दोस्रो त्रैमाससम्मको रिपोर्ट हेर्दा कम्पनीको अवस्था कमजोर देखिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सेन्ट्रल फाइनान्सको नाफा ३४ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ४ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० करोड ६५ लाख ५७ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४९ लाख ८६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १५ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजार र जगेडा कोषमा ४७ करोड २६ लाख १८ हजार रुपैयाँ सञ्चितिमा रहेको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार खराब कर्जा ९.४४ प्रतिशतले बढेर ११.९४ प्रतिशत पुगेको छ ।
यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.४९ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई ९ हजार १०६ रुपैयाँ जरिवाना गरेको छ । नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेपछि कम्पनी कारबाहीमा परेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस