Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले भन्यो– बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न पाउँदैन

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १४ : १९ मा प्रकाशित

राष्ट्र बैंकले भन्यो– बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न पाउँदैन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाउने जनाएको छ। केन्द्रिय बैंकले वित्तीय चेतनाका लागि आज (मंगलबार) जारी गरेको एक सूचनामार्फत् यस्तो जानकारी दिएको हो। 

नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आमगुनासोलाई सम्बोधन गर्न विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने केन्द्रीय बैंकले जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदान गर्ने गर्दछन्। ‘यी सबै खाताका विशेषता जस्तै– ब्याजदर, न्यूनतम मौज्दात, कार्ड, चेक, मोबाइल र इन्टरनेट बैंकिङजस्ता सुविधा र सर्त फरक–फरक हुन्छन्’, राष्ट्र बैंकले भनेको छ। बचत खाताको ब्याजदर को विषयमा जानकारी लिई मात्र प्रक्रिया थाल्न  केन्द्रिय बैंकले सुझाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको