Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारीको प्रश्न– एनपीएलाई कभर गर्नका लागि बैंकहरूले नाफाबाट रकम छुट्याएका छन् कि छैनन् ?

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १४ : ५६ मा प्रकाशित

गभर्नर अधिकारीको प्रश्न– एनपीएलाई कभर गर्नका लागि बैंकहरूले नाफाबाट रकम छुट्याएका छन् कि छैनन् ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनपीएलाई कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएका छन् कि छैनन् त ? भन्दै प्रश्न गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनोमिक समिट(२०२३ को दोस्रो सत्र पैसा खोइ मा बोल्दै अधिकारीले यस्तो प्रश्न गरेका हुन् ।

अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्ने बताउँदै उनले भने, ‘एनपीएलाई कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएका छन् कि छैनन् त ? यो निकै महत्त्व‍पूर्ण कुरा हो । नेपालका बैंकहरूले त्यो रकम छुट्याएका छन् । यसकारण पनि डिपोजिटरको पाइपाइ सुरक्षित रहेको छ ।’

कोभिड महामारीकालअघि फिजिकल क्यासको अर्थतन्त्र निकै भएको तर कोभिडपछि यसमा निकै परिवर्तन भएको उनले बताए । ‘अहिले हाम्रो अर्थतन्त्र डिजिटाइजेसनमा गएको छ । हाल आरटीजीएसबाट महिनामा ४२ खर्ब रुपैयाँसम्म कारोबार भइरहेको छ,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको