नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि कर्जाको चिन्ता नगर्न स्पष्ट पारेका छन्। कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनोमिक समिट–२०२३ को दोस्रो सत्र पैसा खोइ मा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।
उनले व्यवसायीले कार्यन्वयन गर्ने कमिटमेन्ट गरेर गए वित्तीय क्षेत्रले त्यसमा राष्ट्र बैंकले सहयोग गर्ने बताए। कार्यक्रममा उनले भने,‘उत्पादनमुलक क्षेत्रमा लोनको हिसाबले चिन्ता नलिनुस। हाम्रो वित्तीय सिस्टमले सहयोग गर्छ। त्यसलाई कार्यन्वयन गर्ने कमिटमेन्ट चाहियो। तपाई बैंकयबल भएर आउनुपर्छ। फाइनेन्सिङको चिन्ता नलिनुस्।’
अहिले बैंकहरुसँग पर्याप्त स्रोत रहेको भन्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि अफ्ट्यारो नपर्ने उनले प्रष्ट्याए। उनले भने,‘केन्द्रिय बैंक र बैंकहरुको तर्फबाट पर्याप्त स्रोत छ। व्यवसायी आफु चाँही कमिटेमन्ट भएक आउनुपर्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस