Like us!
Follow us!
Connect us!
Watch us!

सानिमाका फण्डहरु पर्ख र हेर रणनीतिमा, ३ मध्य २ को न्याभ १० भन्दा कम !

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ०७ : १० मा प्रकाशित

सानिमाका फण्डहरु पर्ख र हेर रणनीतिमा, ३ मध्य २ को न्याभ १० भन्दा कम !

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेका फण्डहरुले २०७९ साल चैत्र मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार फाल्गुण मसान्तसम्ममा आइपुग्दा फण्डहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) सुधार भएको देखिन्छ। 

खुद सम्पत्तिको मूल्य (न्याभ)

  फण्ड फाल्गुण २०७९  चैत्र २०७९ 
१   सानिमा लार्ज क्याप फण्ड  ९.१२  ९.१८ 
२  सानिमा ग्रोथ फण्ड  ९.८७  ९.९६ 
३  सानिमा इक्वीटी फण्ड   १२.१४  १२.२५ 

न्याभमा सुधार देखिएपछि फण्डको व्यवस्थापनलाई भने फितलो नै भन्न पर्ने हुन्छ। बजारबाट पैसा सङ्कलन गरेको १० रुपैया भन्दा तल न्याभ रहनुलाई राम्रो मानिदैन। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेका तीन फण्डहरु मध्य दुई फण्डको खुद सम्पत्तिको मूल्य (न्याभ) १० भन्दा कम नै रहेको छ।  सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डका न्याभ १० भन्दा कम छ भने सानिमा इक्वीटी फण्ड को चैत्र मसान्तसम्मको न्याभ १२.२५ रहेको छ। 

सूचीकृत सेयर होल्ड कि किनबेच ?

  फण्ड फाल्गुण २०७९  चैत्र २०७९  लगानी (बढ्यो/घट्यो )
१   सानिमा लार्ज क्याप फण्ड  ६२,२६,८६,८१५  ६२,७८,४९,४३० बढ्यो 
२  सानिमा ग्रोथ फण्ड  ११,३२,४५,७७४   १२,७७,९२,६७५  बढ्यो 
३  सानिमा इक्वीटी फण्ड   १०४,२५,७३,४२१  १०३,५९,९४,८१०  घट्यो 

चैत्र देखि फाल्गुण महिनाको अन्तरालमा सानिमाका फण्डहरुले आफ्नो लगानी ठूलो मात्रामा थपघट गरिएको देखिदैन। अर्थात सानिमाका अधिकाश सेयर किनेर होल्ड नै गरेको देखिन्छ। 

फण्डको बैंक मौज्दात/मुद्दति निक्षेप/दिभेन्जर/ बोण्ड मा लगानी (चैत्र २०७९)

  फण्ड  सानिमा लार्ज क्याप फण्ड  सानिमा ग्रोथ फण्ड  सानिमा इक्वीटी फण्ड 
१   बैंक मौज्दात  १८,०७,०२,२२०  ४६,०५,७५,८२८  १२,३२,५६,४८३
२  मुद्दति निक्षेप १५,००,००,०००  ५,५०,००,०००  २७,००,००,००० 
३   दिभेन्जर/ बोण्ड  १०,१२,१३,२३६   १,५०,२२,२८७  १०,७८,७२,००० 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको