Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेलको उपचारका विषयमा सूर्य थापाको प्रश्नः सामान्य पेट दुख्दा एयर एम्बुलेन्स खर्च गरेर विदेश जानुपर्ने ?

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १४ : ५४ मा प्रकाशित

राष्ट्रपति पौडेलको उपचारका विषयमा सूर्य थापाको प्रश्नः सामान्य पेट दुख्दा एयर एम्बुलेन्स खर्च गरेर विदेश जानुपर्ने ?

नेकपा (एमाले) का सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भइरहेको उपचारलाई लिएर प्रश्न संसद्मा उठाएका छन् । उनले आज संसद् बैठकमा राष्ट्रपति पौडेलको भारतमा भइरहेको उपचारलाई लिएर प्रश्न उठाएका हुन् ।

उनले राष्ट्रपतिको कार्यालयमार्फत राष्ट्रपति उपचार गर्न विदेश जान ईच्छुक नभएको कुरा बाहिर आएको स्मरण गराउँदै भने–‘मुलुकको राष्ट्रप्रमुख विरामी भएर छिमेकी मित्रराष्ट्र भारको अस्पतालमा हुनुहुन्छ भन्ने कुरा सार्वजनिक छ । राष्ट्रपति कार्यालयले उहाँ त्यहाँ उपचार गर्न जान ईच्छुक हुनुहुन्थेन भनेर वक्तव्य दिएको छ। सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा राष्ट्रपतिलाई एयर एम्बुलेन्समा लगिँदा समेतगरि झण्डै अढाई करोड भन्दा बढि खर्च भएको विवरण पनि सार्वजनिक छ । तर सरकारले संसदलाई केही जानकारी गराउँदैन् । यो भएको के हो ?’

सांसद थापाले सामान्य पेट दुख्दा एयर एम्बुलेन्स खर्च गर्नुपर्ने ? भन्दै प्रश्न गरे । 

उनले भने,‘सामान्य पेट दुःख्दा एयर एम्बुलेन्स खर्च गर्नुपर्ने यति समृद्ध, यत्ति हैसियतवान मुलुक नेपाल रहेको हो कि होईन रु यसबारेमा म सरकारको गम्भीरतापूर्वक ध्यानाकार्षण गराउन चाहन्छु । अझ प्रधानमन्त्रीले राष्ट्रपतिलाई जोड गरेर भारत पठाउनुभएको भन्ने कुरा राष्ट्रपति कार्यालयको वक्तव्यमा उल्लेख कुरा छ । यसबारेमा स्पष्ट पारियोस ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको