Like us!
Follow us!
Connect us!
Watch us!

ईङवा हाइड्रोपावरको हाल खुला रहेको आइपीओमा कति पर्यो आवदेन ?

अर्थ संसार

शनिबार, १६ बैशाख २०८०, ०९ : ०१ मा प्रकाशित

ईङवा हाइड्रोपावरको हाल खुला रहेको आइपीओमा कति पर्यो आवदेन ?

ईङवा हाइड्रोपावरको हाल खुला रहेको आइपीओमा ९५ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले दिएको तथ्याड़ अनुसार शुक्रबार (वैशाख १५ गते) साँझ ५ः०३ बजेसम्ममा ८ लाख ६१ हजार १९५ जना आवेदकले ९५ लाख २१ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।

अर्थात माग भन्दा ७.५० गुणा बढी आवेदन परेको हो । 

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

यस मध्य  १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। अब सर्वसाधारण लगानीकर्तालाई १२ लाख ६८ हजार ६३९ कित्ता खुलेको हो। 

आइपीओ वैशाख १३ देखि आइतबार वैशाख १७ गते बैंकिङ्ग समय सम्म खुला रहने छ .

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको